काठमाडौं–रौतहटको टिकुलिआ बनजरहाघाटमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको छ ।
साँझ ७ बजे वारिपारी गर्ने क्रममा ४० यात्रु बोकेको डुङ्गा दुर्घटना भएको हो ।
दुर्घटनामा परेका मध्ये १० जना पौडी खेलेर बाच्न सफल भएको र ५ जनालाई स्थानीय र प्रहरीले उद्यार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
अन्य बेपत्ताको खोजीका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको रिजालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया