प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

लोकपथ
0
Shares

प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् ।

आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताए ।

प्रदेश नं १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश उल्लेख गर्दै उनले नगरपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताए । प्रदेश मन्त्रालयमा पेश गरिएको ज्ञापनपत्रमा समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक, जिल्लामा कन्ट्रोल रुम, हरेक दमकलमा दुई चालक, पहाडी क्षेत्रमा साना दमकल, पानी भर्ने उचित व्यवस्था, कर्मचारीको स्थायी रोजगारी र तहगत दज्र्यानी चिह्नसहित एउटै ढाँचाको पोशाकको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

प्रदेश नं १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र दमकल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?