निर्मला हत्याकाण्ड : काठमाडौंको मइतीघरमा मौन प्रर्दशन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तमााथि बलात्कार र हत्या गर्नेहरूलाई कारबाहीको माग गर्दै शनिबार दिउँसो काठमाडौंको माईतीघरमा प्रर्दशन भएको छ । 

बलात्कारको विरोधमा रहेका सामाजिक अभियन्ताहरूले माईतीघरमा भेला आयोजना गरि निर्मला हत्याकाण्डका अपराधीलाई कारबाहीको माग गर्ने भएका हुन् ।

माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन नयाँ बानेश्वरमा आएर सकिएको थियो । 

प्रर्दशनकारीहरुले नयाँ बानेश्वर चोकमा कञ्चनपुरकी किशोरी पन्तको हत्या भएको घटनालाई लक्षित गरेर सडक नाटक समेत प्रस्तुत गरेका थिए ।

‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय, कति चु बस्ने अब त केही बोलौ, गणतन्त्र की Gun तन्त्र ??, चुप लागेर बस्दैनौ न्याय मर्न दिदौनौँ, हाम्रो आवाजलाई इन्साफ दे बलत्कारीको हात खुट्टा काट दे’ लगायतका प्ले कार्ड बोकेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?