भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ उद्घाटन गरिँदैछ । भारतका रेल मन्त्री र नेपालका पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई उद्घाटन गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सो रेल झण्डै ५०० पर्यटक बोकी असार ९ गते जनकपुरधाम आइपुग्ने बताइएको छ ।
पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुने जनाइएको । रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई पहिलो पटक जोड्नेछ ।
रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिन्छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएको छ। यस रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्वीर तथा सामाग्रीले सजाइएको छ भने जुन हालका वर्षहरुमा विश्वभर प्रचलित रहेको दूतावासले जनाएको छ ।
रेलमा १४ वटा डिब्बा हुनेछन् । जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामाग्री देख्न सकिन्छ ।
रेलबारे थप जानकारी र टिकट बुकिङका लागि https://www.irctctourism.com मा गई हेर्न सकिन्छ ।
यसैबीच अन्तर्राष्ट्रिय योगा दिवसको पूर्वसन्ध्यामा धरहरामा लाइटिङ गरिएको छ । योगा दिवसको नारा र लोगो कलात्मक ढंगले सोमबार राति धरहरामा लाइटिङबाट फहराइएको हो ।

सोही अवसरमा दीप प्रज्वलनबाट धरहरा निकै सुन्दर र आकर्षक देखिएको थियो । यस्तै मंगलबार भारतीय दूतावासकाे आयोजनामा योग शिविर चलाइएको छ । जुन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका मन्त्रीहरु सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया