सल्यानमा खोलाले गाडी बगायो

बुटवल । नेपालगन्जबाट जाजरकोटका लागि छुटेको  हाईस गाडी सल्यानको बन्गाडा खोलाले बगाएको छ । 

 बग्दै गरेको उक्त गाडी ढुङ्गामा गएर अड्किए पछि  यात्रुहरु हाम फालेर  बाँच्न सफल भएका छन् । उनीहरुका सर–समान भने हराएको छ ।   प्रहरीले  तत्कालै डोजरको साहयताले खोलामा फसेको गाडी निकाको जनाइएको छ । उक्त खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले बगाई सकेको छ ।

लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक दिन आवत जावतमा असर गरेरेको स्थानीय यातायात  व्यवसाय नन्द पुनको दुखेको छ ।

सो सडक खण्डमा  सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका मानिसहरुको आवत जावत भइरहन्छ ।  
  
त्यस भेगमा कैँयौ खोलाहरुमा झोलुङ्गे पुल समेत नहुँदा वर्षायाममा रुख तेर्साएर मानिसहरु जोखिमका साथ खोलाहरु तर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?