काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन् । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्याएको दाबी समेत गरे ।
मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरीरहेको अध्यक्ष ओलीको भनाइ थियो । अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चहरुमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाए ।
अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताए । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेसन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया