काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए ।
उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।
संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया