बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

लोकपथ
77
Shares

बैतडी । बैतडीको पज्यूनयाँमा से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जीप आज दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सन्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?