डडेलधुरामा सडकबाट दुई सय मिटर तल खस्यो ट्रयाक्टर, चालक बेपत्ता

लोकपथ
42
Shares

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् ।

डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो ।

दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?