काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।
बैठकले महासमिति बैठकको तयारी, अहिलेको राजनीतिक विषय, कर, महंगी र नयाँ मुलुकी संहितालगायतका सन्र्दभमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसको महासमितिको बैठक यही भदौ अन्तिमसम्म बस्ने तयारी छ ।
त्यस्तै कांग्रेसले पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिसकेको छ ।
भदौ १ गतेदेखि जारी भएको नयाँ मुलुकी ऐन संविधानको मर्मविपरीत रहेको प्रवक्ता शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया