काठमाडौं महानगरले मृत जिवजन्तुको शव दाहगृह निर्माण गर्ने

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मृत जिवजन्तुको शव दाहगृहको निर्माण गर्ने भएको छ ।

महानगरले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम मार्फत सो कार्यक्रम ल्याउन लागिएको काठमाडौं महानगरका मेयर बालेन्द शाह (बालेन) ले जानकारी दिए ।

नीति तथा कार्यक्रम वाचन गर्दै मेयर शाहले भने, ‘मृत जिवजन्तुको शवदाह गृहको निर्माण गरिनेछ ।’

त्यसैगरी काठमाडौं महानगरले हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम संचालन गरी सम्वादलाई अघि बढाउने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?