टीकापुर घटनापछिका एक हजार ९५ दिन : पीडितको प्रश्न – राहत र न्यायको पर्खाइ कहिलेसम्म ?

भीमदत्तनगर । टीकापुर घटना भएको बिहिबार एक हजार ९५ दिन पुरा भएको छ । यो तीन वर्षको समय गुज्रिरहँदा पिडित परिवारहरु राहत र न्यायको पर्खाइमा बसिरहेका छन् । 

के थियो घटना ?

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको मृत्यु भएको थियो ।

सीमांकनको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम निषेधाज्ञा तोडेर अघि बढेपछि आन्दोलन हिसांत्मक हुन पुगेको थियो ।

सीमांकनको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम निषेधाज्ञा तोडेर अघि बढेपछि आन्दोलन हिसांत्मक हुन पुगेको थियो ।

छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर करिब १० हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रेर सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहबाट झडप शुरु भएको थियो । 

आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई  भाला प्रहार गरि ढाले । आन्दोलनकारीको आक्रमणमा परि प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहोरा समेतको मृत्यु भयो । प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको पनि घटनामा मृत्यु भयो । 

यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको पनि मृत्यु भयो । आन्दोलनकारीले हवल्दार थारुलाई आगो लगाएर जलाएका थिए ।

हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भयो । उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।

प्रशासनको कमजोरी बेहद नमुना : टीकापुर घटना 

टिकापुरको चारै दिशाबाट घरेलु हातहतियारसहित आन्दोलनकारी आउँदै गरेको सूचना पाएपछि सशस्त्र र नेपाल प्रहरीको संयुक्त सुरक्षा दस्ता परिचालन गरेका थिए । 

टिकापुर नगरपालिकाको पूर्व सुकुम्बासी बस्ती, उत्तरतर्फ टुरगौली, लम्की, पश्चिमतर्फ जोशीपुर मनुवा र दक्षिणतर्फ नारायणपुर, थापापुरबाट जुलुस आएको थियो । शुरुमा आन्दोलनकारीले प्रहरी प्रशासनलाई व्यानर बोक्ने, शान्तिपूर्व जुलुसमात्र निकाल्ने बताएका थिए । तर, आन्दोलनकारीले घरेलु हातहतियारसहित आए । नेकपा–माओवादीका वैद्य र चन्द समूहमा आवद्ध पूर्व लडाकूहरुसमेत संलग्नता भएको यस घटनामा केहि आयातित मानिसहरुको झुण्ड समेत प्रयोग भएको बताइन्छ । 

शुरुमा आन्दोलनकारीले प्रहरी प्रशासनलाई व्यानर बोक्ने, शान्तिपूर्व जुलुसमात्र निकाल्ने बताएका थिए । तर, आन्दोलनकारीले घरेलु हातहतियारसहित आए ।

प्रहरी र सशस्त्र प्रहरीले यी चारै तिरको नाकामा एक एक प्लाटुन सुरक्षाकर्मी परिचालन गरे । सुरक्षाकर्मी परिचालन गर्दा हदैसम्मको संयमता अपनाउन गृहमन्त्रीको आदेश थियो । 

नयाँ संविधान बन्ने प्रक्रिया अन्तिममा रहेकाले गर्दा पनि तत्कालिन गृहमन्त्री जर्नादन शर्माले हदैसम्मको लचकता र संयमता अपनाउनु भन्ने सन्देश प्रहरी र सशस्त्र प्रधान कार्यालयले जारी गरेका थिए ।

नयाँ संविधान बन्ने प्रक्रिया अन्तिममा रहेकाले गर्दा पनि तत्कालिन गृहमन्त्री जर्नादन शर्माले हदैसम्मको लचकता र संयमता अपनाउनु भन्ने सन्देश प्रहरी र सशस्त्र प्रधान कार्यालयले जारी गरेका थिए ।

यद्यपी सोँचेभन्दा बढि नै उग्र र हिंसात्मक घटना गराउने उद्देश्यले केहि आयातित मानिसहरु समेत भेला भएर धमिलो पानीमा माछा मार्ने खेल भएको यो घटनामा सुरक्षा निकाय माथिको आदेश कुरेर बसेका कारण सुरक्षा निकायले अपूर्णनिय क्षति व्यहोर्नुपरेको विश्लेषकको तर्क छ । 

राससको सहयोगमा

थामिएन आमाको आशु …… 

शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाए । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । 

बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उनको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै थिए । “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,” सीतादेवीले आँशु झार्दै भने । 

छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारवाही हुन नसकेको भन्दै उनले दुःख मनाए । 

टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी श्रीमती परमादेवीले पाँच सन्तानका साथ माइतमा आश्रय लिइरहेकी छिन् । दाजु मारिएपछि सीतादेवीको कान्छो छोरो उमेश वैदेशिक रोजगारबाट फर्किएर अहिले घरमा बेरोजगार बनेका छन् । “परिवारको भरोसा नै जेठो छोरा जनक थियो,” सीतादेवीले भने । 

कान्छो छोराको सहारामा बाँचेको नेगी परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । “बुढेसकालमा भरोसा गुमाउँदा परिवारमै विचलन आयो,” जनकका बुबा वीरसिंहले भने, “कहीँकतैबाटै सहयोग पाउन सकिएन, दोषीलाई कारवाही भएको देख्न पाए हुन्थ्यो ।” टीकापुर घटनामा संलग्न २२ जनालाई समातेको सुन्नमा आएपनि सजाय के भयो थाहा नपाएको उनले बताए । 

घटनापछि बुहारी परमादेवी भीमदत्तनगरपालिका–१९ बागफाँटामा माइतकहाँ बस्दै आएकी छिन् । “छोरो गुमाएपछि सरकारले उपलब्ध गराएको रकमबाट नाति-नातिनीको खर्च चलाएको छ ।” बुबा वीरसिंहले भने । नेगी परिवार राहत र न्यायको पर्खाइमा छ । आफूसित भएको चार कट्ठा जमीनमा खेती फलाएर परिवारको छाक टार्न मुश्कल भएको उनले बताए । 

यस्तै टीकापुर घटनामै ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टको परिवारको पनि आँशु अझै थामिएको छैन । शुक्लाफाँटा नगरपालिका–११ कलुवार घर भएका विष्टकी श्रीमती मन्धरादेवी घटनापछि अहिलेसम्म घर बाहिर निस्किएकी छैनन् । पतिवियोगको पीडा झेल्दै आएकी उनले पीडकलाई कारवाही गर्न भएको ढिलाइप्रति दुखेसो पोखिन् । 

“घटना भएको तीन वर्ष भयो, म घर बाहिर निस्कन सकिरहेको छैन,” उनले भने, “श्रीमानले त्यत्तिक्कै ज्यान गुमाए, चित्त बुझाउने ठाउँ छैन ।” घटना हुँदा पीडित परिवारका छोरा-छोरीलाई सरकारले निःशुल्क शिक्षा दिने भने पनि हालसम्म केही सुनुवाइ नभएको मन्धरादेवीे बताउछिन् । उनका छोरा÷छोरी बुबाले पाउने सुविधाबाटै अध्ययन खर्च गर्दैछन् ।” उनले भने, “छोरा-छोरीको पढाइप्रति सरकार गम्भीर बनोस् ।” 

त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराको परिवार पनि हत्यामा संलग्नलाई कारवाही नभएकोप्रति निराश छ । बोहराका श्रीमती र छोरा-छोरी काठमाडौंमा बस्दै आएका छन् । घरमा भेटिएका बोहराका भाइ महेश दोषीलाई कारवाही भएमात्रै मृत आत्माले शान्ति पाउने बताउछन् ।  

“यति ठूलो घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएको देखिएन ।” उनले भने, “पीडकलाई राजनीतिक कारण देखाएर उन्मुक्ति दिन हुँदैन ।” घटनाका मुख्य आरोपी निर्वाचनमा सहभागी भएकोप्रति उनले दुःख व्यक्त गरे । 

“कारवाही हुनुपर्ने मान्छेलाई संरक्षण दिनु हुँदैन,” उनले भने । विसं २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरासहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए । उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ । घटनाका अभियुक्तमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपी रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौंमै पुर्पक्षका लागि थुनामा छन् । अभियुक्तका आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् ।

तस्वीर साभार : गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?