ओठे जवाफ नदिन पुष्पा भुसाललाई ईश्वर पोखरेलको चेतावनी

लोकपथ
651
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस सचेतक भुसालले लगाएको आरोपप्रति खण्डन गर्दै तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका हुन् ।

उनले आफ्नो पालोमा प्रधान्यायाधीशसहितका मन्त्रालयगत पदाधिकारीहरुको कार्यदन गठन गरेर नेपाललाई सैन्य सम्झौतासम्बन्धी मुद्दा स्वीकार्य नहुने स्पष्ट पारेको भन्दै ओठे जवाफको कुनै अर्थ नरहेको बताए ।

समितिमै कांग्रेससचेतक भुसालले चिठी पूर्व रक्षामन्त्री ईश्वर पोखरेलकै पालमा पठाइएको आरोप लगाएकी थिइन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले यो विषय धेरै गम्भीर विषय भएको भन्दै सकियो भनेर टार्न नमिल्ने बताए । यसबारेमा छुट्टै छानबिन समिति बनाउन पनि समितिको ध्यानाकर्षण गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अमेरिकालाई सेनाले पठाएको पत्रमा हातले मिति लेखेको भन्दै आपत्ति जनाए । सबै अक्षर प्रिन्टेड भएपनि मिति हातले लेखेकोले आशंका उब्जाएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रश्नको जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा हस्ताक्षर कर्ता त्यही दिन उपस्थित हुने/नहुने कुरा स्पष्ट नहुने भएकोले नबिग्रियोस् भन्ने हेतुले मितिपछि लेख्ने गरेको पनि स्पष्ट पारेका पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?