काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले यहि भदौ १९ देखि बंगलादेशमा शुरु हुने ‘साफ च्याम्पियनसिप’को लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
‘एन्फा’ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजीमाथि नेपालको अध्यागमन विभागले सन् २०१८ सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि महर्जनलाई जिम्मेवारी दिएको हो ।
‘एन्फा’को आपतकालीन बैठकले आसन्न ‘साफ’ च्याम्पियनसिपका लागि सहायक प्रशिक्षक महर्जनलाई कार्यवाहक चुन्ने निर्णय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
इन्डोनेशियामा जारी १८ औँ ‘एशियाड’ अन्तर्गत फुटबलको समूह चरणबाटै बाहिरिएको यू—२३ टोली सोमबार राती स्वदेश फर्कदा कोजी साथमा फर्केका थिएनन् । आएनन् ।
नेपालको भिसा नभएका कारण उनी नआएका हुन् ।
इन्डोनेसिया जानुअघि नै उनको भिसा भएको अवधि भन्दा बढी नेपाल बसेका थिए ।
त्यसमा एन्फाले जरिवाना तिरेको थियो । कोजी इन्डोनेशियाबाट थाइल्यान्ड गएका हुन् ।
‘साफ च्याम्पियनसिप’का लागि नेपाली टोलीले बुधवारबाट प्रशिक्षण थालिसकेको छ ।
यसैबीच नवनियुक्त प्रशिक्षक महर्जनले एसियन गेममा देखिएका कमजोरीलाई सुधार गरी अघि बढ्ने बताए ।
‘म माथि ठूलो जिम्मेवारी थपिएको छ। एशियाडमा देखिएका कमजोरीलाई सुधार गर्दै अघि बढ्ने छु । बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि केही नयाँ खेलाडी थप गरेर तयारी शुरु गर्छु। साफ च्याम्पियनसिपमा यु—२३ टिममा ५र६ जना सिनियर खेलाडी पनि थपिन सक्छ।’ उनले लोकपथलाई भने । साथै, पाकिस्तानसँग खेल्दा देखिएका कमजोरीलाई सुधार गर्ने पनि जानकारी दिए । ‘हामी साफ च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउने लक्ष्यमा छौं । विगतको खराब नजितालाई सुधार गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्ने तयारीमा छौं ।
साफको फाइनल पुग्न र जित्नु नै हाम्रो मुख्य लक्ष्य हुनेछ ।’ उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया