काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिचौलिया निषेध गर्दै सर्वसाधारणको लागि घर जग्गा पास गर्दा सजिलै फारम भरेर पास गर्ने संयन्त्र तयार पारेको छ ।
घरजग्गा पास गर्दा मालपोत कार्यालयमा लेखापढी व्यवसायीलाई अतिरिक्त पैसा बुझाउनु पर्ने व्यवस्था थियो ।
तर, अहिले प्रयोगमा आइरहेको फारममा कुनै लेखापढी व्यवसायी नचाहिने भएको छ । अब आउने फारममा भने सबै कुरा बुझ्ने भाषामा राखिएको र छोटो बनाइएको मन्त्री पद्मा अर्यालले बताइन् ।
पूरानो परम्परागत फारममा तमसुक शैलीमा विवरण भर्नु पर्छ । साथै नयाँ फारमको नमूनामा तमसुक शैलीलाई हटाइएको छ । तर, घरजग्गाको विवरण चाहि उल्लेख हुनुपर्ने छ ।
पहिले नेपाली कागजमा लेख्नुपथ्र्यो । तर, अहिलेको फारम भने चलन चल्तीमा रहेको प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने ‘ए फोर’ साइजको हुनेछ । यो फारमलाई कम्प्युटरमा भरेर सहजै प्रिन्ट गर्न मिल्ने छ मन्त्री अर्यालले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया