शम्भु माली / कपिलवस्तु । कपिलवस्तुका मुस्लिम समुदायले आफ्नो दोश्रो ठूलो चाड (ईद उल अजहा) बकर इद धुमधामका साथ मनाएका छन् ।
इदकै अवसरमा कपिलवस्तु नगरपालिका १ र २ स्थित इदगाह इमाम अहमद बिन हम्मल मस्जिदमा उनीहरुले सामूहिक नबाज पढेका थिए । मुस्लिम बाहुल्यता रहको कपिलवस्तुमा बुधबार मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा खसीको बलि दिएर सो पर्व मनाएका हुन् ।
आज खसि, रागा लगायतका पशुहरुको कुर्वानी (बली) दिई आफन्त नातागोता तथा इष्टमित्रसँग खुसी साटेर सो पर्व मनाएका हुन् ।
अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बकर इद मुस्लिम समुदायले आजदेखि तिन दिनसम्म मनाउने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया