टुङ्गियो नेकपाको भागबण्डा : कसको भागमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँड भएको छ । 

सर्वसम्मत रुपमा ६६ जिल्ला कमिटीको भागबण्डा टुंगिएसँगै तत्कालिन एमालेले ४० जिल्लामा अध्यक्ष पद पाएको छ भने तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने भएको छ । तर, प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।

यस्तो छ विस्तृत विवरण 

प्रदेश १ :  प्रदेश १ तत्कालिन एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । 

प्रदेश १ : तत्कालिन माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।

प्रदेश २ : प्रदेश २ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने भएको छ । 

प्रदेश २ : महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ ।

प्रदेश ३ : प्रदेश ३ मा तत्कालिन एमालेले मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ । 

त्यस्तै प्रदेश ३ : प्रदेश ३ मा तत्कालिन माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।

प्रदेश ५ : प्रदेश ५ मा रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व एमालेले पाउने भएको छ । 

प्रदेश ५ : प्रदेश ५ मा परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व माओवादीले पाउने सहमति भएको छ ।

कर्णाली प्रदेश : कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखे, सुर्खेत, जुम्ला र डोल्पा लिने एमालेले सहमति भएको छ ।

कर्णाली प्रदेश : जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व माओवादीले पाउने सहमति भएको छ । तर, कालिकोट र मुगु कसले लिने भन्ने विषयमा भने विवाद उत्पन्न  भएको छ ।

प्रदेश ७ : प्रदेश ७ का ९ जिल्लामध्ये एमालेले कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाएको छ । त्यस्तै माओवादीले कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाउन जिल्लाको नेतृत्व पाउने भएको छ ।

यसैगरी गण्डकी प्रदेशले भने जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि तत्कालिन एमाले र तत्कालिन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?