नेपाल स्टक एक्सचेन्ज : चार करोड ४१ लाख बराबरको सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एकै दिन ४ करोड ४१ लाख ७२ हजार ८८६.२ कित्ता सेयर सूचिकृत भएको छ । 

यसमा सबैभन्दा बढी हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर बुधबार सूचिकृत भएको हो । 

लामो समयदेखि हिमालयन बैंकको बोनस सेयर सूचिकृत नहुँदा लगानीकर्ताहरुमा चासोको विषय बनेको थियो ।

अन्ततः बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?