काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं बार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा श्रीमती संघले आफूले सञ्चालन गरेका परोपकारी कामकारवाहीको जानकारी दिएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु–याउने विभिन्न संघसंस्थाहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
खनालले सङ्घबाट प्रकाशित बार्षिक स्मारिका “सहचरी“ को विमोचन समेत गरेका थिए ।
नितान्त सेवाभावले स्थापित सङ्घले समाजसेवामा योगदान दिँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यस्ता कार्यले नेपाल प्रहरीको पेशागत गौरव बढाएको बताए ।
स्थापनाकालदेखिनै पूर्व अध्यक्ष एवम् पदाधिकारीहरुले सङ्घको कार्यमा पु–याएको योगदानको चर्चा गर्दै उनले त्याग, तपस्या तथा समर्पणभावले निस्वार्थ रुपमा राष्ट्र र नागरिकको सेवामा संघको उल्लेखनीय योगदान रहेको चर्चा गरे ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती प्रमिला खनालले २०७४ सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रछात्राहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया