हतियारधारी सातमध्ये पाँचजना पेशेवार अपराधि

काठमाडौ । कोटेश्वरस्थित ए–वान क्याफेबाट सोमवार दिउँसो हतियार सहित पक्राउ परेका सातजना मध्ये पाँचजना पटके अपराधि रहेका छन् ।

उनीहरु लागूऔँषध कारोवार, गुण्डागर्दी, चन्दा अशुली र धम्की दिई लुटपाट गर्ने अपराधमा संलग्न पटके अपराधि भएको जानकारी प्रहरीले दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्तकुमार लामाका अनुसार, ए–वान क्याफेमा कफि खाएको पैसा नतिरि उल्टै सञ्चालकलाई हतियार देखाइ धाक– धम्की दिएका थिए ।

धम्कीबाट डराएका क्याफे सञ्चालक चुपचाप लागेपनि सोही क्याफेमा खाजा खाईरहेका अन्य सर्वसाधारणले भने उनीहरुका गतिविधिका वारेमा प्रहरीलाई खवर गरि दिएका थिए ।

परिसका प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटेको विशेष टोलीले एकथान स्वचालित हतियार पेस्तोल सहित सातैजनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका मध्ये खोटाङ हलेसी च्यासमिटार घरभइ हाल नारायणटार बस्ने २१ वर्षीय भूपेन्द्र राई यसअघि गुण्डागर्दी कै अभियोगमा पक्राउ परि धरौटिमा छुटेका अपराधि हुन । उनलाई महानगरीय प्रहरी बृत्त गौशालाले २०७२ सालमा पक्राउ गरेको थियो ।

त्यस्तैं, भोजपुर खावा घरभइ हाल सिफल बस्ने २३ वर्षीय सनित राई पनि एक पटक प्रहरी हिरासतमा बसि धरौटिमा छुटेका हुन । सोलु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा दुई पटक प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धामा धरौटिमा छुटेका ब्यक्ति हुन ।

चितवन हाकिम चोकघर भइ हाल चावहिल बस्ने २३ वर्षीय रोनिक श्रेष्ठ लागूऔषध मुद्धामा यसअघि पनि पक्राउ परिसकेका हुन भने भक्तपुर थिमीका १८ वर्षीय सुरेश श्रेष्ठ पनि केही सार्वजनिक मुद्धामा पक्राउ परि छुटेका ब्यक्ति हुन ।

काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी र रामेछाप डोडखानीका  २६ वर्षीय बिमल भन्ने सुजन थापामगर होटलका वेटर हुन ।

सात जनाको समूह बनाई नयाँबानेश्वरदेखि कोटेश्वर र काँडाघारीक्षेत्रमा डान्स, होटल, क्याविन रेष्टुरेण्टहरुमा हतियार देखाइ धम्की दिई रकम अशुल्ने र गुण्डागर्दी गर्ने गरेको जानकारी प्रहरीले दिएको छ । उनीहरुको साथबाट पेस्तोल, सो को क्मागजिन, चार राउण्ड गोली र सातवटा मोवाइल फोन बामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?