मिटरब्याजी रामदेवको समूहकी अनुराधा पक्राउ

लोकपथ
476
Shares

काठमाडौं । ठगी, अपराधिक विश्वासधात कसूर मुद्दाका फरार प्रतिवादी ४५ वर्षीया अनुराधा कुमारी साहलाई प्रहरीले पक्राउ गरेको छ ।

मिटरव्याज प्रकरणमा प्रहरीले खोजिरहेको रामदेव साह तेली समेत संलग्न मुद्दामा सामेल रहेकी सबैला नगरपालिका वडा नं १० की साहलाई प्रहरीले प्रकाउ गरेको हो । उनी रामदेवकी छोरी समेत रहेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध मो. तैयव अली समेत लगायतले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरि सप्तरी पठाइएको प्रहरीले जनाएको छ ।

सर्वसाधारणलाई मिटरव्याज लिएर दुख दिएको भन्दै प्रधानमन्त्रीले तेलीलाई पक्राउ गर्न भन्दै निर्देशन दिएका छन् । प्रहरीले तेलीलाई खोजि गरिरहेको छ । भने उनको समूहका केहीलाई भने पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?