काठमाडौं प्रहरी प्रमुख बसन्तकुमार लामाको पहिलो पत्रकार सम्मेलन : यस्ता छन् योजनाहरु

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले काठमाडौंमा हुने व्यवसायिक गण्डागर्दी नियन्त्रणका लागि व्यापक अभियान संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखको जिम्मेवारी लिएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गरी उहाँले गुण्डागर्दी नियन्त्रणका लागि व्यापक अभियान संचालन गर्ने कार्ययोजना अघि सारेका हुन् ।

उनले व्यवसायिक क्षेत्रमा हुने गरेको गुण्डागर्दी नियन्त्रणका लागि व्यवसायीहरुसँग बृहत अन्तरक्रिया गर्ने पनि स्पष्ट पारे । 

 प्रमुख लामाले लागू औषध नियन्त्रणको कामलाई पनि आफूले उच्च प्राथमिकता बताए ।  

प्रमुख लामाले आफू ‘पावर’ को पछि नलाग्ने दावी पनि गरे ।

उनले प्रहरी संगठनको दायित्व पूरा गर्न लागि पर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?