वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा बढ्यो

लोकपथ
105
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पछिल्लो द श महिनामा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?