भद्रपुर । यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ ।
श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने १५ हजार ५ सय ५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ ।
वि.सं २०३४ देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिता शुरु गरेका हुन् ।
गुठीले प्रदेश नं मा १ मा रहेर पत्रकारिता गरेका १२ भन्दा बढीलाई पुरस्कृत गरिसकेको गुठीका अध्यक्ष तोयनाथ भट्टराईले बताए ।
पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया