काठमाडौ: नेपालका युवाहरूले समाजका हरेक क्षेत्रमा समावेश गराई साझेदारी स्थापना गर्नुे माग गरेका छन् ।
रोजगारको खोजीमा विदेशिने युवालाई देशमै रोजगारी दिने अवस्थाको सिर्जना गर्नुपर्नेमाग उनीहरूको रहेको छ ।
विदेशमा गएका युवाहरूको अवस्था विदेशमा कहाली लाग्दो रहेकोले यसमा सरकारको ध्यान जानुपर्ने उनीहरूले बताए ।
नेपाल तरूण दलका अध्यक्ष जीतजंग वस्नेतले“ विदेशबाट कफिनमा युवाको लाश आउन रोकिनुपर्छ ।”
१२ अगस्ट २०१८का दिन अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा उनीहरूले युवालाई बरालिनबाट जोगाउन नीतिगतरूपमै समाजका सबै क्षेत्रमा सहभागी गराउनुपर्ने बताएका हुन् ।
युवाहरूको राजनीतिक समाजिक विकासका लागि विभिन्न राजनीतिक दलले युवा संगठनहरू खोलेका छन् । सरकारले पनि युवालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्को एक संरचना निर्माण गरेको छ ।
नेपाली युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो परिषद्ले युवालाई राज्यका हरेक अंगमा सार्थक सहभागीताका लागि भूमिका खेल्ने गरेको छ ।परिषद्ले दीर्घकालीन लक्ष्य र अल्पकालीन लक्ष्य निर्धारण गरेको छ ।
युवा सहभागीता, सहकार्य र नेतृत्व विकास, जीवनोपयोगी शिक्षा, स्वरोजगार, स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रिय पार्ने लक्ष्यहरू रहेका छन् ।
राजनीतिक क्षेत्रका युवाहरूले राजनीतिक दलबाट युवाहरूलाई सबै क्षेत्रमा सहभागीता गराउने विषयमा कमीकमजोरी गरेको बताएका हुन् ।
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन अर्यालले भने “संविधानमा महिला, मधेशी आदिवासी जनजातिलाई सबै क्षेत्रमा समावेश गरेजस्तै युवाहरूको सहभागीतालाई समावेशी बनाउनुपर्छ ।”
समावेशी बनाउनका लागि नीतिगत रूपमा व्यवस्था गर्नुपर्ने अर्यालले बताए ।
मधेशका युवा नेताहरू राजनीतिलाई गलतरूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे ।
राजनीति गलत भए सबै थोक गलत हुने बुझाईलाई ग्रहण गरी युवाले राजनीतिमा सक्रिय हुनुपर्ने उनीहरूको भनाइ छ ।
राष्ट्रिय जनता पार्टीका युवा नेता कृष्णा सिंहले युवालाई राज्यले नीति बनाइ संरक्षण गर्नुपर्ने बताए ।
राजनीतिक क्षेत्रमा युवा प्रतिनिधित्व नभएको भने होइन् । अपेक्षाकृत नपुगेको मात्रै हौ ।
सत्तापक्षले पनि युवाको सहभागीतामा ध्यान दिएको पाइएको छ ।
सरकारमा पनि मन्त्रीको रूपमा बीना मगर र रविन्द्र अधिकारीलगायतलाई समावेश गरिएको छ भने नविना लामा, नीरुपाल जस्तालाई संसद पु-याइएको छ ।
युवा नेताकै रूपमा गगन थापालाई प्रतिपक्षी कांग्रेसलाई सरकारमा रहेका बेला मन्त्रीसम्म पु-याएको थियो ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले बनाएको प्रदेश नम्बर २को सरकारमा धेरै जसो मन्त्री युवा नै रहेका छन् ।
संयुक्त राष्ट्रसंघीयको अनुमानित आँकडा अनुसार नेपालमा शनिबार अगस्ट ११, २०१८सम्म २९,६५७,९५९ जनसंख्या रहेको छ ।
यो विश्वको कुल जनसंख्याको ०.३९ प्रतिशत छ ।
नेपालको कुल जनसंख्या मध्ये १६वर्ष देखि ४० वर्ष उमेर समूहको जनसंख्या १०,६८९,८४२ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया