लागूऔषध गाँजासहित एकजना पक्राउ

लहान । प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पसलेलाई पक्राउ गरेको छ । 

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानामा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?