अपडेट : प्रेस युनियनको अपडेट भेला जारी, पूर्वमहासचिवदेखि कांग्रेस केन्द्रीय सदस्यकाे उपस्थिति

लोकपथ
63
Shares

काठमाडौं । पटक-पटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला आह्वान गरेका छन् ।

पूर्वनिर्धारित मितिअनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात् १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्नेबारेमा छलफल गर्ने काठमाडौं जिल्लाका पूर्वअध्यक्ष नकुल अर्यालले जानकारी दिए ।

‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, यसअघि जेठ १३ र १४ मा तोकिएको महाधिवेसन हठात स्थगित गरेर अधिवेशन सारेर भदौ भदौ २१–१२ पुर्‍याइएको छ,’ अर्यालले भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’

वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्वअध्यक्षको भेला भइरहेको हो ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्वअध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरिबाट जिल्ला अध्यक्षहरु काठमाडौं आएका छन् । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरुको सहभागिता रहेको छ । भेलामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, युनियनका पूर्वमहासचिवसमेत रहेका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, केन्द्रीय सदस्य प्रतिमा गौतमलगायत पनि उपस्थित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?