गुपचुपमा नजरबन्दी बनाउन नपाइने

काठमाडौँ – नेपालमा कसैलाई पक्राउ पुर्जीबिना चौबीस घण्टाभन्दा बढी थुन्न नपाइने कानुन २०४७ सालमा संविधान जारी भएदेखि नै प्रचलनमा छ ।

निवारक नजरबन्द (व्यक्तिलाई उसैको घर वा अन्य कुनै भवनमा बन्दी बनाउने) का सम्बन्धमा भने त्यस्तो कुनै कानुन नभएकाले सरकारले गुपचुपमा जति समय पनि राख्न सक्ने अवस्था थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा कानुन नभएकै कारण नेताहरूलाई लामो समय नजरबन्दमा राखेका थिए । अब भने त्यो अवस्था आउने छैन ।

सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा अब कसैलाई यसरी गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ ।अाजकाे कान्तिपुरमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?