महोत्तरी : गाैशाला नगरपालिकाले मनमाैजी कर लगाएको विरोधमा जिल्लाका व्यवसायी र स्थानीयले गाैशाला बजार बन्द गरेका छन् ।
तर बन्दमा भने अचम्मको विरोधाभाष देखिएको छ । नागरिकलार्इ कर थोपर्न संघमै नीतिगत निर्णय गर्ने सत्ताधारी (ने.क.पा.) देखि २ नम्बर प्रदेशका सत्ताधारी राजपा र समाजवादी फोरमले गाैशाला बन्द गराउन सर्वपक्षीय अाग्रह गरेका छन् ।
गाैशाला बन्दको अगुवार्इ नागरिकस्तरबाट भन्दा पनि जिल्लाका व्यापारीहरूको संस्था नेपाल उद्योग् बाणिज्य संघले गरिरहेको छ ।
गाैशाला नगरपालिकाका वडाअध्यक्ष धर्मेन्द्रकुमार शाहले नगरपालिकाले जथाभावी कर बढाएकाले बाध्य भएर अाफुहरू विरोधमा उत्रिएको बताएका छन् । जबकि, शाह नै कर बढाउने निर्णय गर्ने नगरपालिकाका जनप्रतिनीधि हुन् ।
नगरपालिकाले गत अार्थिक बर्षको तुलनामा यो पटक अत्याधिक कर लादेको र त्यस्तो कर नागरिकले धान्न नसक्ने अवस्था रहेकाले करबृद्दिको विरोधमा बजार बन्द गरिएको वाणिज्य संघका सिचव सुनिलचन्द्र शाहले बताए ।
समस्या समाधानका लागि वार्ता र छलफल भर्इरहेको गाैशालाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए ।
करका दलबारे समीक्षा गर्न बजेट पुनरावलोकन समितिको बैठक बसिरहेको नगरपालिकाका अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया