काठमाडौं : बलात्कार गरी हत्या गर्ने अपराधी जेलमै सडेर मर्न बाध्य हुनुपर्ने कानून अाउन लागेको छ ।
भदाै १ गतेदेखि नेपालमा नयाँ मूलुकी संहिता लागु हुँदैछ । सो संहितामा जबर्जस्ती करणी गरी ज्यान मार्ने कसुरमा संलग्नलार्इ जीवित रहँदासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा ४१ मा बलात्कारी हत्यारालार्इ जेलमै सडाउनेगरि यस्तो कडा सजायको व्यवस्था गरिएको हो ।
यससाथै, यो दफामा राखिएको प्रावधानअनुसार क्रुर याता दिर्इ या निर्ममतापूर्वक ज्यान मार्ने, वायुयान अपहण गरी वा वायुयान विस्फोट गरी ज्यान मार्ने, अपहरण गरी शरीर बन्धक बनार्इ ज्यान मार्ने कसुरमा संलग्नले जीवित रहेसम्म कैद सजाय भोग्नुपर्ने भएको छ ।
सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मार्ने कार्यमा संलग्न, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसार्इड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेकाको हकमा पनि एकै प्रकृतिको सजायको व्यवस्था गरिएको छ ।
यसअघि अपहरण गरी वा शरीर बन्धक बनार्इ ज्यान मार्ने अभियोगका कसुरदार्इ जन्मकैद हुने सजाय व्यवस्था थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया