काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले आफ्ना अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ । उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाइ लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।
भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र ९९९ प्रतिमहिनाको मूल्यमा पाउनेछन्। १७५ लाइभ टीभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटीभी सहितको बन्डल पनि मात्र ११०० प्रतिमहिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन्।
यी दुवै योजनाहरूमा मात्र ५०० थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ। यो प्याकेजमार्फत भायानेटले बिनाटीभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपीटीभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, अझ बढी स्पिड र थप टीभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुईवटा भायाटीभीसहित २५० एमबीपीएस र तीनवटा भायाटीभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः १२५० प्रति महिना र १५०० प्रतिमहिनाको आकर्षक मूल्यमा पाउने व्यवस्था गरेको छ ।
कम्पनीले आफ्ना अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसीअनुसार अपग्रेड गरिसकेको छ। यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।
अल्ट्रा–फाइ प्लानसम्बन्धी थप जानकारीका लागि दिइएको लिंक हेर्नुहोस् :
https://www.vianet.com.np/ultrafi/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया