नयाँ बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा प्रहरीको छापा, भेटियो गाँजा र तास

काठमाडौं । प्रहरीले नयाँ बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा छापा मारेको छ । 

जनप्रतिनिधि, होस्टल एसोसिएसन, प्रहरी लगायतको टोलीले शुरु गरेको अनुगमनका क्रममा बिहीबार प्रहरीले विद्यार्थीको कोठाबाट तास खेल्दै गरेको अवस्थामा गाँजा बरामद गरेको बताइएको हो । 
होस्टलका विद्यार्थीले होहल्ला गर्ने गरेको र मध्यराति आएर छरछिमकलाई समेत डिस्टर्ब गर्ने गरेको गुनासो आएपछि होस्टेलमा छापा मारेका डिएसपी गोविन्दराज काफ्लेले बताए । 

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गरेपछि बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा छापा मार्ने योजना बनाएको थियो । यसअघि पनि बानेश्वर क्षेत्रमा प्रहरीले आयोजना गरेको ‘टोलटोलमा प्रहरी’ कार्यक्रममा होस्टलमा बस्नेहरुले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने गुनासो आउने गरेको डिएसपी काफ्ले जानकारी दिए । तर, अहिलेसम्म प्रहरीले कुनै प्रमाण फेला नपारेको जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा लागूऔषध सुन्दरीजल र साँखु क्षेत्रबाट भित्रिने प्रहरीले बताए । 

होस्टलमा बस्ने विद्यार्थीलाई गाँजा सप्लाई हुने गरेको अनुसन्धान बाट खुलेपछि बानेश्वर वृत्तका डिएसपी काफ्लेले नेपाल होस्टल एसोसिएसनसँग समन्वय गरेर अनुगमन गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?