शुक्रबार बेलुकादेखि देशभर वर्षा हुन्छ :  मौसमविद्

काठमाडौं । शुक्रबार बेलुकादेखि देशभर मौसम बदली भई धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । 

नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार सामान्य वर्षा भएको महाशाखाले बताए । 

आजदेखि न्यूनचापीय रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकादेखि ठूलो वर्षा हुने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जनाए । 

मौसमविद् श्रेष्ठका अनुसार न्यूनचापीय रेखाको प्रभावले अहिले देशभरी कै मौसम बदली भई केहि ठाउँमा वर्षा भइरहेको छ । पश्चिमको एक–दुई ठाउँमा भने ठूलो वर्षा हुन सक्ने बताए । 

आइतबारसम्मै केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सावधानी समेत अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?