फेमिली तेलको उद्योगमा शिलबन्दी, तेल बिक्रीमा प्रशासनको रोक

बारा । जिल्ला प्रशासन कार्यालय बाराले 'फेमिली' तोरीको तेल उत्पादन गर्ने बाराको शिवशक्ति रिफाइनरी प्रा.लिमा छापा मारेको छ । साथै शिलबन्दी पनि गरेको छ।

फेमिलीको ब्रान्डमा अखाद्य वस्तु मिसाइएको प्रशासनमा उजुरी परेपछि आवश्यक कारबाहीका क्रममा जितपुरमा रहेको उद्योगमा छापा मारेर गोदाम शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिए।

कार्यालयका अधिकृत मुरारी कार्कीको नेतृत्वको टोलीले तेलको विषयमा छानबिन गरिरहेको उनले बताए।

‘फेमिली तेलको गुणस्तर ठीक नभएको भनी प्रहरी र प्रशासनमा उजुरी परेको हो।  गुणस्तर जाँचको लागि नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय हेटौँडामा स्याम्पल पठाइएको छ।

नमुना परीक्षणको प्रतिवेदन नआएसम्म शिलबन्दी गरिएको उद्योगको गोदाम र थोक बिक्रेतालाई तेल बिक्रीमा प्रशासनले रोक लगाएको छ।

नितनपुर, बारास्थित त्रिवेणी टेक्सटायल्स प्रालिभित्र मजदुरको लागि सञ्चालित क्यान्टिनले खरिद गरेको ४८ कार्टुन फेमिली तोरीको तेलको रङ र बास्ना फरक परेपछि क्यान्टिन सञ्चालकले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?