गणेश लामालाई एक वर्ष कैद, सम्पत्ति जफत

काठमाडौं-विशेष अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार एक वर्ष कैद र १ करोड ४० लाख ५० हजारबराबरको बिगोबापतको सम्पत्ति जफतको फैसला गरेको छ ।
मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले लामालाई दोषी ठहर गरेको हो । हाल उनी हातहतियार खरखजाना मुद्दामा डिल्लीबजार कारागारमा छन् ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले लामालाई कैद सजाए सुनाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा ५ जेठ, २०७० मा लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?