काठमाडौँ–मुलुकी ऐन प्रतिस्थापनका लागि पारित भएका पाँचवटै संहिता कार्यान्वयनमा आउनुपूर्व नै संशोधन हुने भएको छ ।
संहिता संशोधनसम्बन्धी विधेयक सरकारले बुधबार संघीय संसद्मा दर्ता गरेको छ ।
सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक दर्ता गरेका हुन् ।
संशोधनका धेरै विषय भाषागत त्रृटिसँग सम्वन्धित छन् । केही नयाँ विषय पनि समावेश गरिएका छन् ।
सरकारले मुलुकी अपराध संहिता, त्यससम्बन्धी कार्यविधि, मुलुकी देवानी संहिता र त्यससम्बन्धी कार्याविधि, फौजदारी कसुर तथा सजाय निर्धारण सम्बन्धी ऐन समेतमा संशोधन प्रस्ताव दर्ता गरेको हो । भदौ १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापन भइ संहिता लागू हुने भए पनि त्रृटि सच्याउने विधेयक भने त्यसको एक साताअघि मात्र संसदमा दर्ता भएको छ । आजको गोरखापत्र दैनिकमाखबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया