काठमाडौं–सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
हाल सरकारले कुटनीतिक (रातो), विशेष (नीलो), साधारण (हरियो) र यात्रा अनुमति (कालो) गरी ४ प्रकारका राहदानी जारी गर्छ । सरकारले संसदमा पेश गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । थपिने दुई प्रकारका राहदानी सर्भिस पासपोर्ट र सिम्यान्स पासपोर्ट छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया