प्रदेशको बिदा प्रशासनले नै मानेन

विराटनगर– प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदा संघीय सरकार मातहत रहेका सरकारी कार्यालयहरुले नमानेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । आदिवासी दिवसका अवसरमा बिहिबार प्रदेश १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
तर संघीय सरकार मातहतका जिल्ला प्रशासन कार्यालय मातहतका सबै कार्यालय खुले भने प्रदेश मातहतका मन्त्रालयदेखि स्थानीय तहका कार्यालय विद्यालयलगायत बन्द भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?