काठमाडौं–नेपाल गुणस्तर तथा नापतौल विभागले ४ उद्योगमाथि कारबाही गर्ने निर्णय गरेको छ । विभागको बिहिबार बसेको बैठकले गुणस्तर प्रमाण चिन्हको अनुचित प्रयोग गर्ने ती कम्पनीमाथि कारबाही गर्ने निर्णय गरेको हो ।
विभागका उपनिर्देशक रोमी मानन्धरका अनुसार नारायणी सिमेन्ट उद्योग, नारायणी माइक्रो पाइप उद्योग र नवनेपाल प्लाष्टिक प्रालिको इजाजतपत्र स्थगन गरेको छ । यस्तै ओडट फुड एण्ड विभरेजमाथि भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया