जनकपुरधाम उपमहानगरको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोज विजयी

लोकपथ
658
Shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह विजयी भएका छन । मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ९ हजार ५ सय ३२ मत ल्याए ।

गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले ५ हजार १ सय ९४ मत ल्याएका छन् ।

यस्तै, जनकपुरधाम उपमहानगरको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएकी छन् । उनले १५ हजार ५ सय २५ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?