सहकारीको डिजिटल रुपान्तरणको लागि पहल सुरु

लोकपथ
35
Shares
????????????????????????????????????

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सहकारी व्यवसायलाई मर्यादित र पारदर्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताए ।

‘हामी सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा छौं ।’ उनले सम्झौता पछि भने । सम्झौता पत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका थिए ।

सहकारी तथा लघुवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपालस सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । सो कम्पनीले हाल एक हजारभन्दा बढी सहकारी दर्जनौं लघुवित्त र केही बैंकहरुलाई सेवा दिइएहेका छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिललाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आवद्धता गर्न जोड दिनुपर्ने बताए ।

उनले बैकिङ सफ्वेयरमा एक रुपता र विश्वसनियता सिर्जना गर्नुपर्ने बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे । महासंघका महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रुपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?