काठमाडौं : बुधबारदेखि खुलेको नेपालको माैसममा बिहिबार (अाज) बेलुकीदेखि फेरि बदली शुरू हुने जल तथा माैसम विज्ञान विभागले जानकारी दिएको छ ।
देशका देशै ठाउँमा अाज दिउँसोसम्म घाम लाग्ने र त्यसपछि बदली शुरू हुने माैसम पूर्वानुमान गरिएको छ ।
अाज दिउँसो नै केहि स्थानमा पानी पर्ने र त्यसपछि लगातार दुर्इ दिनसम्म भीषण बर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माैसम बदलीका कारण शुक्रबार दिउँसो प्रदेश नम्बर १, २, ३, गण्डकी, ४ र ५ मा भीषण बर्षा हुने महाशाखाले अनुमान गरेको छ ।
निरन्तरको बर्षाका कारण खोला तथा नदीमा बाढी अाउनसक्ने भन्दै अासपासमा रहने नागरिकलार्इ सतर्क रहन महाशाखाले अाग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया