काठमाडौं : मुलुककै पहिलो नेपाल बैंक लिमिटेडले निक्षेप तथा कर्जाको ब्याजदरमा कटाैती गरेको छ । बैंकको आधार ब्याजदरमा भएको परिवर्तनपछि बैंकले कर्जाको ब्याजदर घटाएको हो ।
मंगलबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक बैंकले सामान्य बचतमा २% देखि अधिकतम ४% तथा मुद्धती निक्षेपमा ५% देखि अधिकतम १०.५% सम्म ब्याज दिने जनाएको छ ।
अधिकतम १३.३७% सम्म ब्याजदर तोकिएको कर्जातर्फ आधार दरमा २.०७ % देखि ६.०७% सम्म थपेर कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । जोखिम बापतको थप २% प्रिमियम लिन सक्ने पनि बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया