काठमाडौं । आठ वर्षअघि ब्युटी प्याजेन्टको नाममा किशोरीमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।
शनिबार दिउँसो अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।
घटना भएको लामो समय भए पनि एक युवतीले केही दिनदेखि सामाजिक सञ्जालमा आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।
घटनाबारे सामाजिक सञ्जाल, सडकदेखि सदनसम्म आवाज उठेपछि बिहीबार प्रहरीले अनुुसन्धान टोली गठन गरेको थियो ।
पक्राउ परेका पाण्डे ग्लोबल भिसाज कन्सन्टेन्सीका सञ्चालक हुन् । सन् २०१४ मा भएको मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताको आयोजना भएको थियो । उक्त प्रतियोगिता जितेकी ती किशोरीलाई नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा सक्सेस पार्टीका लागि बोलाइएको पीडितले बताएकी छिन् ।
उनले सामाजिक सञ्जालमा बताए अनुसार पाण्डेले उनलाई जबरजस्ती करणी गरी फोटो तथा भिडियो बनाएका थिए । उनले गत बुधबार मात्रै सो कुरा बाहिर ल्याएपछि घटनाका विषयमा विभिन्न कोणबाट समीक्षा हुन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया