कपिलवस्तुमा विकास नहुँदा स्थानियबासि आक्रोश

शम्भू माली कपिलबस्तु । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा हुँदा पनि कुनै पनि विकासका कार्य नहुँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन् । 

स्थानीय निकायमा १५ वर्षसम्म जनप्रतिनिधिविहीन भएकाले विकासकका कुनैपनि कार्यसञ्चालन हुन नसकेको भन्दै स्थानीयबासिन्दाहरुले गुनासो पोखेका हुन् । 

स्थानीय तहमा भइरहेको अनियमिततालाई कम गर्दै सर्वसधारणको चाहाना बमोजिमको विकास नभएको प्रति स्थानीयबासिन्दा आक्रोशित बनेका हुन् ।

‘स्थानीय तहको निर्वाचन हुदाँ जनताले विकासले तीव्रता लिन्छ भनेर जुन आशा गरेका थिए एक वर्षमा त्यस अनुसारको छनक देखिएन,’ इन्सेकका जिल्ला संयोजक नन्दराम पौडेलले भने । साथै उनले स्थानीय तहले के र कस्तो काम गरिरहेको छ भनेर बुझ्दा दिगो विकास हुने गरी प्राथमिकताका आधारमा काम हुन नसकेको बताए । 

‘गाउँमा बढी बजेट जाँदा गतिविधि बढे पनि जनताको आवश्यकता बमोजिम काम हुन सकेको छैन,’ उनले लोकपथलाई भने । 

स्थानीय बासिन्दाहरुले किसान, युवा र ग्रामीण क्षेत्रका जनताका आवश्यकता बमोजिम स्थानीय तहले प्राथमिकताका आधारमा बजेट लगानी गर्न नसकेको गुनासो पाखेका छन् ।

जिल्ला बार एकाईका कपिवस्तुका अध्यक्ष अधिवक्ता नुर मोहम्दले सर्वसधारणका दुःख र समस्या उस्तै रहेको बताए । ‘सिहदरबारको अधिकार गाउँमा आउँछ भनियो, सर्वसधारणले विकास त टाढाको कुरा समान्य सेवासुविधा पाउन पनि सास्ती झेल्नु परेको छ,’ उनले भने । 

स्थानीय तह समृद्ध बनाउनेदेखि विकासको गति बढाएर भ्रष्टाचारमुक्त बनाउने घोषणा गरे पनि एक वर्षको अवधिमा त्यसअनुसार जनतालाई उत्साह दिने कुनै काम पनि हुन सकेको छैन । 

‘विगतमा कर्मचारीले चलाएको वेला भन्दा केही सुधार भएपनि स्थानीय सरकारको एक वर्षको अवधी हेर्दा सर्वसधारणमा आशा सञ्चार हुन सकेको छैन,’ महुरी होमका अध्यक्ष राबिन्द्र नाथ ठाकुरले भने ।

यशोधरा गाँउपालिकाको अध्यक्ष गिरजेश पाण्डेयले संरचनाको कमी र कर्मचारी अभावलगायतले काम गर्न ढिलो भएको बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?