गुडिरहेको बसमा रुख ढल्यो, ५ जना घाइते

लोकपथ
3.3k
Shares

काठमाडौं । शुक्रबार साँझ आएको हावाहुरीको कारण गुडिरहेको बसमा रुख ढल्दा ५ जना घाइते भएका छन् ।

कैलालीको लम्कीचुवा-८ गप्का भन्ने ठाउँमा असनाको रुख ढल्दा से १ ख १८०६ नम्बरको बसमा क्षती भएको हो ।
घाइतेहरुको कैलालीको लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

साँझ आएको हावाहुरीसहितको पानीले देशका विभिन्न स्थानमा क्षती भएका विवरणहरु आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?