काठमाडौं । भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले गैरन्यायिक हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् ।
उक्त घटना इन्काउन्टर नभई हत्या भएको उनीहरुको भनाइ छ ।
पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा अजित तामाङ र गोपाल तामाङ मारिएका थिए ।
घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया