काठमाडौं । झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार विजयी भएकी छिन् । एमालेकी पवित्रा महतरा प्रसाईंले उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतको फराकिलो मतान्तरले पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।
प्रसाईंले १६ हजार ५ सय २० मत ल्याउँदा भोजराजले १२ हजार ७ सय ६२ मत ल्याए ।
उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सीडी कडरियालाई मतले पराजित गरेका हुन् ।
संग्रौलाले १५ हजार ५ सय ८६ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार चन्द्रप्रसाद कडरियाले ८ हजार ४ सय ५१ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया