म्याग्दी । केहि दिन देखी परेको अविरल बर्षाकाले धेरै ठाउँहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।
बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेक हुन् ।
स्थानीयवासीले आफन्त र छिमेकीकहाँ आश्रय लिन बाध्य छन् । विसं २०३१ मा राखुको भीरबाट खसेको पहिरोले सुर्केमेलामै घर पुरिँदा १२ जनाको ज्यान गएको थियो । जोखिमबारे जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका र सुरक्षा निकायलाई जानकारी गराएर क्षति न्यूनीकरणको पहल गर्न आग्रह गरिएको वडा सदस्य देवबहादुर घलेको भनाइ छ । ।
पहिरोका कारण बेनी–बरंजा सडक अवरुद्ध भएको छ । सुर्केमेला, बास्कुना र बरंजामा उत्पादित दूध बजार पु¥याउन समस्या भएको छ ।
अवरुद्ध सडक सञ्चालन गर्न तथा थप क्षति हुन नदिन तारजाली उपलब्ध गराइने प्रजिअ अधिकारीले बताए । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।
जिल्लाको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध छ । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, घोडेपानी, पाउद्धार र दाना क्षेत्रमा पहिरोले पोल ढलेपछि विद्युत अवरुद्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया