दोलखा । दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले एक दर्जन भन्दा बढी घर पुरिँदा दुईजना घाइते भएका छन् ।
गएराति परेको भीषण वर्षापछि पहिरो गएको हो ।
भत्किएको घरबाट उद्धार गरिएका श्यामबहादुर श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठलाई वस्तीको चारैतिर पहिरो गएकाले उपचारका लागि समेत ल्याउन नसकिएको गाउँपालिका अध्यक्ष युदृष्टि खड्काले बताए ।
उत्तरी क्षेत्रको सडक सञ्जाल ठाउँठाउँमा अवरुद्ध हुँदा बुलुङखानीको पहिरो क्षेत्रले दर्जन बढी घरहरु भत्किएकाले घाइते र विचल्लीमा परेकाहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने कोसिस भैरहेको खड्काले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार उत्तरी क्षेत्रको विभिन्न स्थानमा घर र वस्तीहरु क्षेती भएको खबर बिहानदेखि आएको र उद्धारको व्यवस्था भैरहेको जानकारी दिए ।
पहिरो र भलवाढीले दोलखाको उत्तरी क्षेत्र जोड्ने दोलखादेखि लामावगरसम्मको विभिन्न स्थानमा अबरुद्ध भएको छ । पहिरोका कारण सडकमा पनि क्षेति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया